नियम १८
उत्खनन् कार्यको सञ्चालन

(१) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उत्खनन् कार्यको सञ्चालन अनुमतिपत्र प्राप्त गरेको मितिले छ महिना भित्र गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवधि भित्र उत्खनन् कार्यको सञ्चालन नगरेमा विभागले उत्खनन् कार्यको अनुमतिपत्र रद्द गर्न सक्नेछ ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले विशेष परिस्थिति परी उपनियम (१) बमोजिमको म्यादभित्र उत्खनन् कार्यको सञ्चालन गर्न नपाएको कारण सहित उक्त म्याद समाप्त हुनु भन्दा तीन महिना अगावै विभाग समक्ष निवेदन दिएमा सो निवेदन उपर आवश्यक जा“चवुझ गरी कारण मनासिब देखेमा विभागले खनिज पदार्थको वर्ग, भौगोलिक स्थिति, उत्खनन् प्रविधि तथा अन्य कुराको आधारमा सो म्याद समाप्त भएको मितिले छ महिनाभित्र उत्खनन् कार्यको सञ्चालन
गर्न दिन सक्नेछ ।